वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले अनिवार्य गर्नुपर्ने स्वास्थ्य परीक्षणको शुल्क बढाइएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गर्दै स्वास्थ्य परीक्षण शुल्क बढाएको हो ।
आइतबार श्रममन्त्री शरतसिंह भण्डारीले मन्त्रिस्तरीय निर्णय गरि शुल्क बढाएका हुन् । यसअघि वैदेशिक रोजगारमा जाने श्रमिकहरुसँग स्वास्थ्य परीक्षणको शुल्क फरक-फरक पर्ने गरेकोमा अब स्वास्थ्य परीक्षण शुल्कको अन्तिम बिन्दु समेत तोकिएको छ । अब ६ हजार ५०० रुपैयाँभन्दा बढी लिन नपाउने गराईएको छ ।
सबैलाई समान गर्ने भनि६ हजार ५ सय अपर लिमिट कायम गरिएको बताइएको छ । मन्त्रालयको विज्ञ समूहले अघिल्लो वर्ष शुल्क बढाउने सिफारिस गरेको थियो । जुन सिफारिसमा दुईथरी शुल्क प्रस्ताव गरिएको थियो । तर मन्त्री भण्डारीले ५ हजार ५ सयलाई पनि बढाएर समान बनाउने नाममा ६ हजार ५ सय पुर्याई निर्णय संसोधन गरेका हुन् ।